काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसक्ने ठेकदारहरुको ठेक्का खोस्न निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा पुँजीगत खर्च सन्तोषजनक नभएको बताउदै सबै मन्त्रालयलाई ठेक्काको विस्तृत विवरण तयार पार्न र काम गर्न नसक्ने ठेकदारहरुको ठेक्का खोस्न निर्देशन दिएका हुन ।
सोमबार समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले समग्रतामा १४ प्रतिशत पुँजीगत खर्च न्यून भएको बताए । साथै हप्ता-१५ दिनमा कुन आयोजनालाई कसलाई ठेक्का दिइएको हो र कहिले सम्पन्न हुनुपर्ने हो र कुन कार्यालयले दिएको हो डिटेल तयार पार्न निर्देशन दिएका छन् ।
बैठकमा यति प्रतिशत काम भयो भन्ने मात्र आएको भन्दै उनले डिटेल माग गरेका हुन् । प्रधानमन्त्री ओलीले ठेक्का प्रणाली परिर्वतन गर्नुपर्नेमा जोड दिए । कहिलेदेखि ठेक्का लिन थालेको र कतिवटा ठेक्का सम्पन्न गरेको भन्ने मात्र होइन, समयभित्र ठेक्का सम्पन्न गर्ने क्षमता छ कि छैन हेरेर मात्र ठेक्का दिनुपर्नेमा जोड दिए ।
उनले मन्त्रालयहरुलाई कसलाई कति अनुदान दिइयो भन्ने पूर्णविवरण प्रधानमन्त्री कार्यालयलाई दिन पनि आग्रह गरे ।





प्रतिक्रिया