देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको देउवा आरोप

देशान्तर

काठमाण्डौं | पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भारत आफैंले विवादास्पद भन्दै आएको नेपालको कालापानी र सुस्ताको भूभागलाई नयाँ नक्सामा समावेश गर्नु पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राख्न खोज्नु भएको दाबी पनि गर्नुभयो ।

‘कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर भारतले पनि मानेको हो,’ देउवाले भन्नुभयो । महाकाली सन्धिमा पनि महाकाली नदी सीमा बाँधिएको बताउँदै देउवाले सीमा पूर्व कालापानी सीमा पश्चिम इन्डिया रहेको र लिपुलेक पनि नदी पूर्व नै पर्ने भएकै कारण कालापानीको पानी आधा, आधा गर्ने भनेर सहमति गरेको बताउनुभयो । उहाँले भन्नुभयो, म प्रधानमन्त्री हुँदा महाकाली सन्धि भएको हो, सन्धिमा महाकाली नदी सीमा बाँधिएको हो, सीमा पूर्व हो कालापानी सीमा पश्चिम हो इन्डिया । सन्धिमा काली नदी सीमानदी हा े। पानी आधा, आधा भनेर सहमति भएको हो ।