देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भूमि अतिक्रमणबारे छलफल गर्न नेपालले राखेको प्रस्तावमा भारतले जवाफ दिएन

देशान्तर

काठमाण्डौं । नेपालको भूमि अतिक्रमणबारे छलफल गर्न नेपालले राखेको प्रस्तावमा भारतले जवाफ नदिँदा उच्चस्तरीय संयन्त्रको बैठक अनिश्चित बनेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमणबारे छलफल गर्न नेपालले प्रस्तावमा राखेको छ तर भारतले यसलाइै बेवास्ता गर्दा उच्चस्तरीय संयन्त्रको बैठक तय हुन नसकेको हो ।

नेपाली भूमि अतिक्रमणप्रति नेपाल सरकारले विरोध जनाउँदै गत साता भारतलाई कूटनीतिक नोट पठाएर परराष्ट्र सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको बैठक प्रस्ताव गरेको थियो ।

कूटनीतिक नोट बुझाउँदै तत्काल बैठक बस्न भारतीय पक्षसँग आग्रह गरेका तर भारतीय पक्षले यसबारे अहिलेसम्म कुनै जवाफ नदिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारि दिएको छ ।

सीमा विवाद समाधानका लागि नेपाली पक्षले कूटनीतिक पहल सुरु गरे पनि भारतीय पक्ष गम्भीर नहुँदा दुई पक्षीय वार्ता शुरु हुन नसकेको हो ।

सन् २०१४ मा बसेको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकले दुई मुलुकबीचको सीमा विवाद परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट समाधान गर्ने निर्णय लिएको थियो । सोही निर्णयअनुसार उचचस्तरीय संयन्त्र गठन भएको थियो ।

हालै भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा पारेपछि नेपालले उच्चस्तरीय संयन्त्रको बैठकमार्फत यो विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ। नेपालले भारतले सार्वजनिक गरेको नक्सा स्वीकार्य नहुने बताउँदै आएको छ ।

भारतीय पक्षले भने आफूले जारी गरेको नक्सा नै आधिकारिक रहेको जनाउँदै आएको छ ।