देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जिप दुर्घटनामा परि गुल्मीमा १ को मृत्यु, ४ जना घाइते

देशान्तर

गुल्मी । गएराति जिप दुर्घटना हुँदा गुल्मीमा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ४ जना घाइते भएको छन् ।

जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

दुर्घटनामा राजन राहडी, देवबहादुर बिक, वीरेन्द्र सिंजाली र अनिल बिक घाइते भएका छन् । घाइतेहरुको अहिले पाल्पामा उपचार भइरहेको छ ।

प्रहरीले जिप र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।