काठमाडौँ । राजधानीको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातार्तिर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।
सडकको वाल उठाउन खन्ने क्रममा माटोको ढिस्को खस्न पुगेको थियो । मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका वडा नम्बर १ का प्रकाश घर्ती र प्रेम पुनको रहेको महानगरीय प्रहरी प्रभाव बलम्बुका इन्स्पेक्टर शंकर खड्काले जानकारी दिए ।
उनीहरुलाई घाइते अवस्थामा ओम समाज अस्पताल कलंकीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।





प्रतिक्रिया