अर्घाखाँची । नेपाली काङ्ग्रेस प्रदेश सम्सदिय दलको सचेतक निर्मला क्षेत्रीले अर्घाखाँचीको नरपानिमा भएको सवारी दुर्घटना प्रति एक प्रेस विज्ञप्ती जारी गदै गहिरो दुस्ख व्यक्त गरेकी छिन् ।
सन्धिखर्कबाट बुटवलको लागि बुधबार दिउसो १:३० बजे छुतेको बस नरपानीमा दुर्घटना हुँदा निधन हुनेहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गरिन् । उनले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको प्रभावकारी उपचारको लागि संबंधित निकायको ध्यानाकर्षण समेत गराइन् ।
सचेतक क्षेत्रीले जिल्लामा पटक पटक सवारी दुर्घटना हुने गरेको प्रती चिन्ता प्रकट गर्दै दुर्घटना हुनुको कारण पत्ता लगाई तत्काल समस्याको पहिचान गरि सरकार र संबंधित सरोकारवालालाई दीर्घकालीन समाधानका लाग्न समेत आग्रह गरिन् ।
सन्धिखर्क नपा ६ नरपानीमा लु.२ ख २१४८ नम्बरको बस दुर्घटना हुँदा ११ पुरुष,६ महिला ,१ बालक,१ बालिका समेत १९ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्





प्रतिक्रिया