देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आठ केजी सुनसहित पक्राउ परे चिनियाँ नागरिक

देशान्तर

काठमाण्डौं । त्रिभुवन विमानस्थलबाट आठ केजी सुनसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति दुईजना चिनियाँ नागरिक आठ किलो सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

हङकङबाट नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल आएका उनीहरु विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ परेका डीआईजी सूर्य उपाध्यायले जानकारी दिए । अनुसन्धान जारी रहेकाले बाँकी विवरण पछि उपलब्ध गराइने प्रहरीले जनाएको छ ।