प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि अहिले भैरहेको उपनिर्वाचनलाई लक्षित गरेर देशका विभिन्न ठाउँमा बम बिस्फोटका घटनाहरु भएका छन् ।
वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित गरेर दाङमा बम बिस्फोट भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा न १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो ।
आज बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । बिस्फोटबाट कुनै क्षति भने भएको छैन ।
यस्तै पोखरा–२ मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ बागमारा र पोखरा १६ अर्मलामा बम बिस्फोट भएको हो । बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ ।
यस्तै डोटिको आदर्श गाउँपालिका वडा न. २ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको छ । मध्यराती कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको र राति दुई बजेतिर बम डिस्पोज गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले जानकारी दिए ।





प्रतिक्रिया