देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपेक्षाअनुसार मत नखसेको निर्वाचन आयोग भनाइ ,१२ घण्टामा भित्र आधा परिणाम आउने

देशान्तर

काठमाडौँ । कास्कीसहित ३७ जिल्लाका ५२ सीटमा उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । तर, अपेक्षाअनुसार मत नखसेको निर्वाचन आयोग आफैंले स्वीकार गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ क, दाङ ३ ख र बाग्लुङ २ खमा शनिबार मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित ४८ स्थानीय तहमा पनि मतदान भएको छ ।
कुल ५२ पदका लागि भएको चुनावमा कुल ४ लाख ५४ हजार ११४ मतदाता थिए । तर, २ लाख ९७ हजार १३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका छन् । यो सरदर ६५.४३ प्रतिशत हो ।
सबैभन्दा बढी हुम्ला र रौतहटमा ८५ प्रतिशत मत खसेको छ । हुम्लाको खार्पुनाथको उपाध्यक्षका लागि उपचुनाव भएको थियो ।

प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव भएको कास्की २ मा ६३.४८ प्रतिशत मत खसेको छ ।

यस्तै भक्तपुरमा ७०, बाग्लुङमा ६१ र दाङ ६७ प्रतिशत मत खसेको छ । धरान उपमहानगरमा ५९.१३ प्रतिशत खसेको छ । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि भएको चुनावमा १६.ं४ प्रतिशत मत खसेको छ । यो उपचुनावमा खसेको सबैभन्दा कम प्रतिशत मत हो । यस वडाको नतिजा नेकपाको पक्षमा गएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपचुनावमा अपेक्षाअनुसार मत नखसेको स्वीकार गर्नुभयो ।
यद्यपि यसै कारण उपचुनाव प्रभावकारी भएन भन्न नमिल्ने थपलियाले बताउनुभयो ।

मतदानका क्रममा कास्की, दाङ, सर्लाही लगायतका पाँच स्थानमा मतदान केन्द्र नजिकै बिस्फोटका घटना भए पनि त्यसले मतदानलाई असर नगरेको आयोगले जनाएको छ । ती घटनामा कुनै हताहती भएन ।
आयोगका अनुसार मतपेटिका संकलनसँगै सर्बदलीय बैठक राखेर मत गणना सुरु हुनेछ । र, १२ घन्टाभित्र ५० प्रतिशत स्थानको मत परिणाम पनि आइसक्ने छ ।