देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डको आधार क्षेत्र चितवनको तीन वटै वडामा नेपाली काङ्ग्रेस विजयी

देशान्तर

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधार क्षेत्र चितवनको तीन वटै वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन । भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेस विजयी भएको हो ।

भरतपुर महानगर १६ का काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरे भने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

खैरहनी नगरपालिका ४ मा काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् । खैरहनी नगरपालिकाकै ५ मा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।