देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कृष्णबहादुर महरा र शंकर पोखरेलको क्षेत्रमा कांग्रेस विजयी

देशान्तर

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेस उम्मेदवार ताराबहादुर डाँगी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

डाँगीले एक हजार दुई सय १८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गरे। घोराही उपमहानगरपालिको वडा नंं. १६ दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पर्छ भने प्रदेश सभा २ (क) पर्दछ।

प्रतिनिधि सभामा निवर्तमान सभामुख कृष्णबहादुर महरा ४० हजार ४२ मत ल्याएर विजयी भएका थिए भने प्रदेश सभामा प्रदेश नं. ५ का मुख्य मन्त्री रहेका शंकर पोखरेल २० हजार ४ सय ९४ मत ल्याएर विजयी भएका थिए।