देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धरानमा कांग्रेसले थाल्यो विजयी जुलुसको तयारी

देशान्तर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी नजिक देखिएका छन् ।वि.स. २०४८ सालदेखि नेकपाले कब्जा जमाउँदै आएको धरानमा यस पटक कांग्रेसले किल्ला तोड्ने संकेत देखिएको छ ।

प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस उम्मेदवार तिलक राई २५ सय बढी मत अन्तरले विजयी हुने अनुमान गरिएको छ । मत गणना अन्तिम चरणमा पुगेको छ । प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसले २५ हजार ९९५ मत प्राप्त गरेको छ भने नेकपा २३ हजार ९९३ मत ल्याएको छ । अब वडा नम्बर ७ को मत गणना हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ ।

यता नेपाली कांग्रेसका शुभेच्छुकहरुले विजयी जुलुश निकाल्न तयारी थालेका छन् । उनीहरुले १२ः३० बजे पब्लिक उच्च माविको खेल मैदानबाट जुलुश निकाल्ने बताएका छन् । कांग्रेसको निर्वाचन परिचालन मूल समिति पब्लिक स्कुल–छाता चोक–लक्ष्मी चोक–सिंहदेवी चोक–भानु चोक–पुतली लाईन हुँदै दुर्गा चोक साथै बुद्ध चोकबाट पार्टी कार्यालय पुगी समापन गर्ने तयारी गरिहेको छ ।

शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो । यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन ।