देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१५ स्वर्ण सहित नेपाल १३औं सागको शिर्ष स्थानमा

देशान्तर

काठमाण्डौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आयोजक नेपालले पहिलो दिनमै १५ वटा स्वर्ण पदक जित्न सफल भएको छ। नेपालले कराँतेतर्फ सातवटा, तेक्‍वान्दोमा पनि सातवटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक जित्न सफल भएको हो।

नेपालले विभिन्‍न तीनवटा खेलमा १५ वटा स्वर्णपदक जितेको हो। योसँगै नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ।

नेपालका लागि आज कराँतेतर्फ मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण पदक जित्न सफल भए भने अन्तिम स्वर्णका रुपमा अनु अधिकारीले पदक हात पारिन् ।

नेपाललाई स्वर्ण दिलाउने खेलाडीहरु;
1) कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

2) कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

3) कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

4) कराते (५५ केजी) – लक्ष्मण तामाङ

5) कराते (८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ

6) कराते (४५ केजी मुनि)– कुसुम खड्का

7) कराते (५० केजी मूनि) –अनु अधिकारी

8) तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ

9) तेक्वान्दो पुम्से (१७ –२३ वर्ष)– सिना मादेन लिम्बू

10) तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ

11) तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य

12) तेक्वान्दो पुम्से (२९ वर्ष माथि)– आयशा शाक्य र सञ्जिकुमार पाण्डे

13) तेक्वान्दो पुम्से (महिला १७-२९ वर्ष ) – निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना

14) तेक्वान्दो २३ वर्षमाथि उमेरसमूह – निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई

15) ट्रायथलन – सोनी गुरुङ