देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जारी सागअन्तर्गत नेपाली महिला क्रिकेट टोली बंगलादेशसँग १० विकेटले पराजित

देशान्तर

काठमाडौं :  दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा नेपाल बंगलादेशसँग फराकिलो अन्तरले पराजित भएको छ। बलियो प्रतिद्वन्दीसामु फितलो ब्याटिङ गरेको नेपाली टोली १० विकेटले पराजित भएको हो।

पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन बनाएको थियो। नेपालका लागि सोनु खड्काले १२ रन, कप्तान रुविना क्षत्रीले १३ रन र इन्दु बर्माले १० रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। नेपालका ५ जना खेलाडी त शून्य रनमै पभेलियन फर्किएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले ७ दशमलब ४ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पुरा गरेको थियो। मुर्सिदा खातुन र आयसा रहमानले अभिजित क्रमशः २३ र २६ रन बनाउँदा ब‌ंगलादेशलाई यो जितका लागि काफी थियो।जारी सागअन्तर्गत नेपाली महिला क्रिकेट टोली बंगलादेशसँग १० विकेटले पराजित