देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाँचौं दिन नेपाललाई पहिलो स्वर्ण निमाले दिलाइन

देशान्तर

काठमाडौं । नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८.१९ अंक जोडेर निमाले स्वर्ण जितेकी हुन्।

यो सागको पाँचौं दिन आज बिहीबार नेपालले जितेको पहिलो स्वर्ण समेत हो।

यसअघि २०१६ मा भएको १२औं सागमा समेत स्वर्ण जितेकी निमाले आफ्नो लयलाई यस सागमा पनि कायम राखिन। त्यसबेला १६ बर्षे निमाले भाग लिएको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता मै स्वर्ण जितेकी थिइन ।