देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुस ४ गते संसद बैठक आह्वान, सभामुख चयनको बाटो खुल्यो

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामि पुस ४ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए ।

संसदको चौथो अधिवेशन गत असोज २ गते सकिएको थियो । संसद अधिवेशन सकिएलगत्तै तत्कालिन सभामुख कृष्णबहादुर महरा जवर्जस्ती करणी उद्योगमा मुछिएपछि राजीनामा दिएका थिए ।

हाल प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुख नहुँदा उपसभामुखको अध्यक्षतामा बैठक बस्ने सक्ने प्रावधान छ ।

अब बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । संसद सञ्चालनमा आएपछि नयाँ सभामुख चचयनको प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ ।