काठमाण्डौ – अनलाइन ठगी र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने ३ जना पक्राउ परेका छन् । पक्राउ परेका ३ जनालाई बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहकुल थापाले जानकारी दिए ।
उनीहरुले बैंकको खातामा रहेको पैसा व्यक्तिको खातामा सारेर झण्डै १७ करोड रुपैयाँ ठगी गरेको पाइएको महाशाखाले जनाएको छ । उनीहरुले अनलाइनमार्फत चिट्ठा पर्यो भन्दै सर्वसाधारणको रकम ठगी गरेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया