काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिबेशनको कार्यतालिका तत्काल घोषणा गर्न माग गरेका छन् ।
उनले पार्टीको महाधिबेशनको कार्यतालिका घोषणा गर्न आफुले पहिलेदेखि भन्दै आएपनि सभापति शेरबहादुर देउवाले नमानेकै कारण ढिलाई भइरहेको बताए ।
पत्रकारहरु संग कुरागर्दै वरिष्ठ नेता पौडेलले पार्टी अहिले संटकपूर्ण अवस्थामा रहेको र देशको माग अनुसार चल्न नसकेको दावी गरे । उनले अब पार्टी तानतुन गरेर चल्लन नसक्ने भन्दै सभापति देउवाले पनि पार्टीलाई तानतुन पद्धतीबाट चलाउने काम बन्द गर्नुपर्ने टिप्पणी गरे ।
केन्द्रीय समितिको बैठकमा उपनिर्वाचनको समिक्षा, पार्टीका भावी रणनिति, १४औँ महाधिबेशनको कार्यतालिक पारित गरी कार्यान्वयनमा लैजाने, क्रियाशिल सदस्यता नविकरण र भातृ संगठनका विषयमा छलफल हुने भएपनि मुलतः महाधिबेशनमा बैठक केन्द्रित हुनुपर्ने पौडेलको धारणा छ ।
वरिष्ठ नेता पौडेलले अहिले सवैभन्दा पहिले क्रियाशिल सदस्यहरुको नविकारण गर्ने कार्य सुरु गराईहाल्नु पर्नेमा जोड दिए ।





प्रतिक्रिया