काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बेलुका पधादिकारी बैठक सुरु भएको पार्टी कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बिहीबार बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा अगाडि सारिने एजेण्डा तय गर्नका लागि बैठक बसेको छ।
केन्द्रीय कार्यसमितिकै बैठकमा उचनिर्वाचनको समीक्षा, म्याद सकिएका भातृसंघको अधिवेशन, नेपाल विद्यार्थी संघको नेतृत्वको विषयमा छलफल हुने बताइएको छ। भोलि (विहिबार) केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ





प्रतिक्रिया