देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचनको समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा विभिन्न ६ विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचन र उपनिर्वाचनबाट प्राप्त परिणामका विषयमा छलफल गर्ने एजेन्डा रहेको बताइएको छ । ।

त्यस्तै बैठकमा केन्द्रीय सदस्य एनपी साउनको संयोजकत्वमा गठिन भ्रातृ एवम् शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विकास सुझाव समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने कार्यत्र,म पनि रहेको छ ।

त्यस्तै भ्रातृ संस्थाको महाधिवेशन, नेपाल विद्यार्थी संघ, तरुण दलको कार्यकाल थप गर्ने, पूर्णता पाउन बाँकी विभाग, समितिलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

त्यसैगरी संघीय संरचना अनुसार पार्टीको विधान बनाईसकेपछि त्यसको कार्यान्वयनका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा काम गर्न निर्वाचन समितिलाई दिएको जिम्मेवारी पूरा भएको छैन ।
त्यस्तै बैठकमा सरकारको काम र पछिल्लो राजनीतिक विषयवस्तुमा पनि छलफल हुनेछ ।