मिस वर्ल्ड प्रतियोगितामा नेपालले लगातार दास्रो वर्ष मल्टिमिडिया अवार्ड जित्न सफल भएको छ । मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । यस अघि मिस वर्ल्ड प्रतियोगिता २०१८ मा पनि श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जितेकि थिइन ।
लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् ।
यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसेम्बर १४ मा हुने फाइनल राउण्डको बाटो खुलेको छ ।
मल्टिमिडिया अवार्ड हात पारेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभेच्छक, पत्रकार, सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन् ।
साथै अनुष्काले फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने बताएकी छिन् । विश्वभरबाट छानिएका १ सय २५ देशका सुन्दरी मिस वर्ल्ड २०१९ मा सहभागी थिए ।
हेर्नुहोस् भिडियो; https://www.facebook.com/297574443671301/videos/464499074204717/





प्रतिक्रिया