चितवन । राजधानि काठमाण्डौं प्रवेश गर्ने मुख्य सडक नारायणगढ–मुग्लिन खण्ड आजदेखि दैनिक चारघण्टा बन्द गरिने भएको छ । पहिरो रोकथाम र मर्मतका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले गत बुधबार जिल्ला सुरक्षा समितिको बैठकपछि पुस १० गतेसम्मका लागि दैनिक चारघण्टा उक्त सडकखण्ड बन्द गर्न लागेको जनाएको छ ।
हिउंँदमा पनि सुख्खा पहिरो खस्ने जोखिम देखिएकोले दैनिक चारघण्टा बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार अहिले पनि पहिरो नियन्त्रणका लागि काम भएको भए पनि अति सुस्त भएकाले वर्षाअघि नै मर्मत कार्य सम्पन्न गर्नका लागि अहिले बन्द गर्न लागिएको हो ।
यो सडकखण्डमा दैनिक झन्डै १० हजार सवारी ओहोरदोहोर गर्दछन् ।





प्रतिक्रिया