काठमाण्डौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले आगामी माघ १६ देखि पुन जागरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले सबै स्थानीय तहमा केन्द्रित रहने तेस्रो चरणको जागरण अभियान शुरु गर्न लागेको हो ।
यसअघिको मिति परिवर्तन गरेर आगामी माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरिएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारि दिए ।
काङ्ग्रेसले यसअघि सकेको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीय जागरण अभियानबारे पनि समिक्षात्मक कार्यक्रम गर्ने भएको छ । जागरण अभियानमा खटिएका केन्द्रिय प्रतिनिधिसङ्ग सातै प्रदेशमा छलफल कार्यक्रम आयोजना गरिएको हो ।
काङ्ग्रेसले मग्सिर २९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको छ । केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव पौडेलले उहाँले बताउनुभयो ।





प्रतिक्रिया