काठमाण्डौं । आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि आजबाट दल दर्ता सुरु हुँदैछ । निर्वाचन आयोगले गरेको आह्वान अनुसार आजबाट दल दर्ताको पक्रिया सुरु हुँदैछ ।
सरकारले राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको सूचना जारी गरेको हो । आयोगले दल दर्ताको म्याद पुष ६ गतेसम्मका लागि तोकेको छ ।
यसअघि निर्वाचित भएका नेकपाका ८, नेपाली काँग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २, समाजवादीका एक र सरकारबाट मनोनित एक जनाको कार्यकाल फागुन २१ मा सकिँदै छ ।
कार्यकाल सकिनेहरु:
नेकपा: हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली ।
कांग्रेस: सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडा ।
राजपा: वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव ।
समाजवादी: रामप्रित पासवान ।
यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।





प्रतिक्रिया