काठमाडौ । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो।
‘अहिले हल्काफुल्का हिउँ परिरहेको छ, साँझसम्म धेरै नै पर्ला जस्तो छ,’ चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भने।
हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ। शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ। अहिले काठमाडौंमा पानी परिरहेको छ ।
आज साँझ ६,७ बजेतिर काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने देखिएको छ,’ महाशाखाकी मौसमविद् विभुति पोखरेलले सेतोपाटीसँग भनिन्। उनका अनुसार शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ।
हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ ।
बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।





प्रतिक्रिया