देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साग विजेता खेलाडीलाई नगर परिक्रमा

देशान्तर

काठमाडौं-१३औ दक्षिण एसियाली खेलकुद( साग)मा स्वर्ण, रजत र काँस्य पदक जित्‍ने सबै खेलाडीलाई नगर परिक्रमा गराइएको छ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्‌को अगुवाइमा काठमाडौंको दशरथ रंगशालाबाट भक्तपुरसम्‍म नगर परिक्रमा गराएको हो। नगर परिक्रमाका क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको नाँचगान टोलीले झाँकी र्‍यालीसहित खेलाडिहरुलाई साथ दिएका थिए।

र्‍याली न्यूरोड, इन्द्र चोक, रत्‍नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुगेर फेरि सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्राङ्गणमा आएर समापन गरिएको थियो। १३औं सागमा नेपालले ५१ स्वर्ण जितेको थियो।