देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको सचिवालय बैठक फेरि आइतबारलाई सर्‍यो

देशान्तर

काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार आज बस्ने भनिएको सचिवालय बैठक आइतबार भोलिलाई सरेको छ । निर्वाचनको समीक्षा र स्थायी समिति बैठकको एजेन्डा तय गर्नका लागि शनिबार बोलाइएको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएको नेकपाले जनाएको छ।

सचिवालयको अर्को बैठक भोलि आइतबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने र दिउँसो स्थायी कमिटिको बैठक बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कार्यकारी अधिकार पाएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार स्थायी समितिको बैठक बोलाएका छन्। स्थायी समितिको बैठक एक वर्षपछि बस्न लागेको हो।