देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पौडेललाई फकाउन देउवा निवासमै पुगे

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र सस्थापन पक्षबिचको असमझदारी पछिल्लो समय सतहमै देखिएको छ । यसको ताजा उदाहरण हो केन्द्रीय समिति बैठक बहिष्कार गर्नु ।

असमझदारीका बिच काग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उपसभापति विमलेन्द्र निधिलाई साथ लिएर आज  पौडेल  निवास बोहोराटार पुगे ।

सभापति शेरबहादुर देउवासंग भएको भेटमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने पौडेलले बताइएका थिए । उनले कार्यतालिका पहिलो एजेण्डा भएको भन्दै कार्यतालिका बनाएपछि थप छलफल गर्न आफूहरु तयार रहेको बताए ।

पौडेलले पार्टीका संगठनात्मक संरचना बनाएर न्यायपूर्ण ढंगले अगाडि बढ्न समेत सभापति देउवालाई सुझाव दिए । नेता पौडेलले सभापति देउवासंग पार्टीलाई एक बनाएर अहिलेका चुनौति सामना गर्दैै अगाडि बढ्ने सहमति भएको जानकारी दिए ।

पौडेल समुहले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएको छ ।

देउवासंगै बोहोराटार पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले कार्यतालिका बनाएर अगाडि बढ्न सभापति सकरात्मक भएको बताए । देउवाले आइतवार केन्द्रीय समिति बस्नु अघि सबै एजेण्डामा सहमतिको प्रयास गदैृ पौडेलसंग भेट गरेका हुन् ।

भ्रातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेपाल विद्यार्थी संघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षको चासो छ । पौडेलले यी दुई भ्रातृ संस्थामध्ये एउटा आफ्नो पक्षले पाउनुपर्ने माग राखेको छ ।

बिहीबारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिष्कार गरेको थियो ।