देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समिति बैठक सुरू, पौडेल समूहको बहिष्कार

देशान्तर

काठमाडौ . नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार अपरान्ह सुरू भएको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरे पनि बैठक सुरू भएको हो। दिउँसो १ बजे बोलाइएको बैठक दुई घण्टा ढिला गरी सुरू भएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अपरान्ह ३ बजेपछि बैठक सुरू भएको हो। गत बिहीबार सभापति शेरबहादुर देउवाले छलफलका लागि पेश गरेका पार्टी विभाग गठन र थप गर्नेलगायत ९ एजेन्डामा छलफल भइरहेको छ।

सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव छलफलका लागि पेश गरेका थिए।तर पौडेल समूहले १४ औं महाधिवेशन छलफलको एजेन्डा बन्नुपर्ने अडान लिँदै बैठक बहिष्कार गरेका हुन्।