काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा उनले ११ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा उनले पार्टीको बैठक समयमा गर्न नसकेकोमा आत्मालोचना गरेका छन् भने अब यस्तो नगर्ने प्रतिवद्धता जनाएका छन् ।बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पनि पेश गरेका छन् । भोलि बिहान ११ बजे फेरि बस्ने गरी आजको बैठक सकिएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।
नेकपाले एक वर्षपछि स्थायी कमिटी बैठक डाकेको हो । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भने अनुपस्थित रहे। यसअघि आजै बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय रहेका छ ।





प्रतिक्रिया