देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसईई २०७६ को परिक्षा चैत ६ गतेदेखि सञ्चालन हुने

देशान्तर

काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ को परिक्षा तालिका सार्वजनिक भएके छ । आगामी चैत ६ गतेदेखि एसईई परीक्षा सञ्चालन हुने छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।

बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।