काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । केहिदिन देखी जारीे केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको जनाइएको छ । १४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति गठन र तरुण दलको समयावधि थपसँगै समितिलाई पूर्णता दिन छलफल सकारात्मक बन्दै गएको नेताहरूले बताएका छन् ।
कांग्रेस प्रवक्ता शर्माले आन्तरिक विवाद सहमतिपूर्वक टुंगिने वातावरण निर्माण भएको बताए । सबै विषयमा आज टुंगो लाग्ने उहाँको भनाई छ । संस्थापन समूह अर्काे वर्ष फागुनसम्म महाधिवेशन गर्ने अडानमा छ भने अर्को समूहले मंसिरभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ ।





प्रतिक्रिया