देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित

देशान्तर

काठमाडौं । आन्तरिक विवाद समाधान नभएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बुधबार दिउँसो १ बजे बैठकको समय निर्धारण गरिएको थियो ।

सहमतिको प्रयासमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका नेताहरुबीच छलफल भएको थियो । साथै दुवै पक्षले आ-आफ्नो समूहमा पनि आन्तरिक छलफल गरेका थिए ।

कृष्णप्रसाद सिटौलाले पनि सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग तथा मंगलबार वरिष्ठ नेता पौडेल र पौडेल समूहको वार्ता टोलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।