काठमाण्डौं । भोली (शुक्रबार) बाट सुरु हुने संसद हिउँदे अधिवेशनको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । संसद सुचारु भएपछि प्रतिनिधिसभा तर्फ सभामुख नभएकाले बैठकको अध्यक्षता उपसभामुख शिवमाय तुम्बाहाम्फेले गर्नै भएको छ ।
सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले प्रतिनिधिसभाको बैठक संञ्चालन गर्ने संसद सचिवालयले जनाएको छ ।
प्राविधिक रूपमा हलहरूको मर्मत, उपकरण अद्यावधिक लगायतका काम सकिएको छ ।
अधिवेशनको दिन भोली बिहान नै राजनीतिक दलहरूसँग अनौपचारिक रूपमा विषय, कार्यतालिकालगायतमा परामर्श गर्ने उपसभामुखको तयारी छ ।
अधिवेशनको पहिलो दिन सामान्य कार्यसूची मात्र तय हुने जनाइएको छ ।





प्रतिक्रिया