काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउसोे १ बजे बस्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
तर बैठक बस्ने र नबस्नेमै अनिश्चित छ किनभने संस्थापन इतर पक्षले बैठकको कार्यसूचिमा अशन्तुष्टि जनाउदै बैठक बहिष्कार गर्दै आएको छ ।
यसअघि सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग थप, भातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघ र नेपाल तरुण दल गठनलगायत विभिन्न ९ एजेन्डा पेस गरेका थिए । ती एजेन्डामा असहमति जनाउँदै पौडेल पक्षले सुरुमा महाधिवेशनको कार्यतालिका ल्याउन माग गरेको छ ।
गत बिहीबारदेखि वरिष्ठ नेता पौडेल पक्षले बैठक बहिष्कार गर्दे आएको छ । पौडेल र संस्थापन पक्षका नेताहरू बीच द्विपक्षीय भेटवार्ता मार्फत् सहमति प्रयास भने गर्दै आएका छन् ।





प्रतिक्रिया