देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज , पौडेल र सिटौला समूह सहभागी होलान्?

देशान्तर

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजका लागि बोलाइएको छ ।

यसअघि बुधवार बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षधर नेताहरु उपस्थित नभएपछि कांग्रेसको बैठक आजका लागि सरेको हो ।

कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठक शुक्रवार दिउँसो एक बजेका लागि बोलाइएको जानकारी दिए । कांग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ संगठन, विभाग लगायतमा नेता पौडल सिटौला पक्षधरको असन्तुष्टि रहँदै आएको छ ।