काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकबाट अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरिने भएको छ । राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव छलफलका आधारमा आज पारित गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गत आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमा नेताहरुले आफ्ना सुझावहरु राखेका थिए । यसैबीच हिजोको बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ । पार्टीको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव हिजै पारित भए पनि आजमात्रै घोषणा गरिने भएको छ ।





प्रतिक्रिया