देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदबाट सम्झौता अनुमोदन गर्न एमसीसी नेपालको आग्रह

देशान्तर

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालले संसदको जारी हिउँदे अधिवेशनबाट कम्प्याक्ट सम्झौता अनुमोदन गर्न आग्रह गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्को बहस भइरहेका बेला मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल -एमसीसी नेपाल)ले पत्रकार सम्मेलन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो ।

कम्प्याक्ट सम्झौतामा उल्लेख गरिएका पूर्वाधार आयोजनाहरु समयमै सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको भन्दै उसले भनेको छ, ‘सम्माननीय संसदको हिउँदे अधिवेशनबाट उक्त कम्प्यास्ट अनुमोदनका लागि अनुरोध गर्दछौं ।

उसकाअनुसार १६ असार २०७७ बाट एमसीसी नेपाल कम्प्याक्टको औपचारिक कार्यान्वयन हुँदैछ, तर त्यसअघि नेपालले पूरा गर्नुपर्ने ६ वटा शर्त छन् । जसमध्ये नेपाल-भारत सीमापार प्रशारण लाइन निर्माणबारे भारतसँग गर्नुपर्ने सम्झौतासहित चार वटा शर्त पूरा भइसकेका छन् । अब कम्प्याक्टको संसदबाट अनुमोदन र आयोजना क्षेत्रमा पहुँच बाँकी छ