देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक पुस २३ गते बस्ने निर्णयसमेत गरेको छ ।

मंसिर २९ गतेदेखि बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय र महासचिव पौडेलको प्रतिवेदनहरुमाथि सदस्यहरूले धारणा राखेका थिए ।