सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७ Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ Phone: +९७७ ०२४-५२०५५५ Admin: radiodeshantar@gmail.com News: deshantarweekly@yahoo.com
`
आर्मीलाई १–० ले हराउँदै मनाङ शीर्ष स्थानमा
देशान्तर
७ पुस २०७६, सोमबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा मनाङले लगातार दोस्रो जित निकालेको छ । साेमबार भएको खेलमा मनाङले आर्मीलाई एक–शून्य गाेल अन्तरले हरायो ।दशरथ रंगशालामा भएको खेलमा मनाङको जितमा एकमात्र गोल दयानन्द सिंहले गरे ।यो सिजन स्टार खेलाडीबिना नै टिम तयार पारेको मनाङले पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।खेलकाे ९२ औँ मिनेटमा मनाङले दयानन्दको गोलमा अग्रता बनायो । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि मनाङले दुई खेलमा ६ अंक बनाएको छ ।लिगमा आर्मीको पहिलो हार हो । उसको २ खेलमा ३ अंक छ । खेलमा दीप कार्की केल्मी ‘म्यान अफ द म्याच’ बने ।
प्रतिक्रिया