देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वर्तमान सरकारले भ्रष्टाचारमा कीर्तिमान बनायो, कांग्रेस

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गरेका हुन्। उनले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयासबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरे। प्रधानमन्त्रीले के गरिरहनु भएको छ रु परराष्ट मन्त्रालयले के गरिरहेको छ रु सरकारका अन्य निकायहरुले के गर्देछन् । यो समस्या कसरी समाधान हुन्छरु हामी नेपालीहरु स्पष्ट छौ ।

कसैको हामीले के इन्च जग्गा मिच्नु पनि छैन । र नेपालको एक इन्च जग्गा दिनु पनि छैनु, उनले भने, यो कुरा हामीले सप्रमाण भारत समक्ष किन राख्न सक्दैनौ रु सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौ । यो कुरा प्रधानमन्त्रीले सदनमा आएर पनि जवाफ दिनुपर्छ । भारतसँग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ।

नेपालको जमिन मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दे सीमामाथि धावा बोल्ने काम हुँदा पनि सरकार मौन बसेकोमा आक्रोश पोखे। उनले वर्तमान सरकारले भ्रष्टाचारमा र्कीतिमान कायम गरेको दाबी पनि गरे।