देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शंकास्पद गतिविधिमा संलग्न ८० भन्दा बढी चिनियाँ नागरिक पक्राउ

देशान्तर

काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट ८० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अहिलेसम्म ८० भन्दा बढीलाई नियन्त्रणमा लिई काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखी अनुसन्धान सुरु गरिएको सीआईबीका एसएसपी रामदत्त जोशीले जानकारी दिए । प्रहरीले उनीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको बताएको छ ।