काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदले सरकारलाई गोकर्ण फरेस्ट यती समूहलाई दिने सम्झौताबारे सदनलाई जानकारी दिन माग गरेका छन् ।
बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे सरकारले गरेको सम्झौता सदनलाई यथार्थ जानकारी दिन माग गरेका हुन् ।
यस्तै, प्रमुख सचेतक भट्टराईले नारायणहिटी दरबारअगाडि नेपाल ट्रस्टको जग्गालाई लिएर भएको आलोचना र विवादबारे पनि सदनलाई जानकारी गराउन माग गरे ।
पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै सरकारले हालै रिसोर्टमा भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो । सरकारको यो निर्णयलाई लिएर आलोचना र विरोध भइरहेको छ ।





प्रतिक्रिया