रौतहट जिल्लामा चिसोका कारण चारजनाले ज्यान गएको छ । पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो ।
मृत्युहुनेहरुमा दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार मृत्यु भएको हो। यसअघि पुस ३ मा गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझी रहेका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको जानकारी आएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न आग्रह गरेका छन्।
विपत व्यवस्थापन समितिको पहलमा सोमबार बडहर्वामा अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले ५० भन्दा बढी स्थानमा वन कार्यालयको समन्वयमा दाउरा वितरण गरेको प्रहरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी छन्।
विद्यालय बन्द:
अत्यधिक चिसो बढेपछि तीनवटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। गरुडा, राजदेवी र वृन्दावन नगरपालिकाले सूचना प्रकाशन गरी आगामी शुक्रबारसम्म विद्यालय बन्द गरेको हो।





प्रतिक्रिया