देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आचार्य समाजद्वारा गम्भीर घाईतेलाई ५७ हजार सहयोग

देशान्तर

काठमाडौं ।  स्वास्थ्य लाभको कामनासहित युबराज आचार्य बचाउ अभियानअन्तर्गत संकलित रकम हस्तान्तरण गरेको छ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी निवासी सरस्वती उच्च माविमा कार्यरत कर्मचारी युवराज आचार्य असोज ३ गते एम्बुलेन्स दुर्घटनामा गम्भीर घाईते हुनुभएको थियो । उहाँलाई समाजका उपाध्यक्ष चिरञ्जीवी आचार्य, महासचिव बाबुराम आचार्य, प्रदेश नम्बर ३ का अध्यक्ष जयराज आचार्य लगायत अस्पताल पुगी सहयोग रकम हस्तान्तरण गरेका हुन् । चिकित्सकको भनाई अनुसार अवस्था अझै सुधारोन्मुख छ ।

थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालबाट काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको पाँचौ तल्लामा भर्ना गरिएको छ, हाल पनि अन्नपूर्ण अूपतालमा नै उपचाररतः हुनुहुन्छ । विराटनगरबाटै काठमाडौ ल्याउदा साढे १० लाख माथी खर्च भइसकेको पारिवारिक श्रोतले बताएको छ । पारिवारीक अवस्थापनि कमजोर भएको र चिकित्सकका अनुसार अझै ६ महिना भन्दा बढी नै अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएका कारण परिवारले सहयोगको अपेक्ष गरेको थियो । सहयोग रकम संकलन संयोजक तथा समाजका केन्द्रीय महासचिव बाबुराम आचार्यले आचार्य बन्धु समाजले बिगतदेखी नै शिक्षा स्वास्थ्य क्षेत्रमा बिभिन्न तरिरकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि यथासक्य सहयोग जारी राख्ने बताए ।