काठमाण्डौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अधिकृत तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतका रूपमा खटाएको हो ।
आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार प्रदेश १ मा मोरङका मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा राजकुमार खतिवडा, प्रदेश ३ मा महेन्द्रबहादुर कार्की, गण्डकीमा काजीबहादुर राईलाई निर्वाचन अधिकृत तोकिएको छ । प्रदेश ५ मा रितेन्द्र थापा, कर्णालीमा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिममा विदुर काफ्लेलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको हो । आयोगले न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतहरू खटाइएको जनाएको छ ।
- प्रदेश १: मेदिनीप्रसाद पौडेल
- प्रदेश २: राजकुमार खतिवडा
- प्रदेश ३: महेन्द्रबहादुर काकी
- गण्डकी प्रदेश: काजीबहादुर राई
- प्रदेश ५: रितेन्द्र थापा
- कर्णाली प्रदेश: राजेन्द्रकुमार आचार्य
- सुदूरपश्चिम प्रदेश: विदुर काफ्ले
राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट २ वर्षे कार्यकाल पूरा गरेका १९ जना सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुने भएकाले बाँकी १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।





प्रतिक्रिया