देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संघीय समाजवादी पार्टी अब प्रतिपक्षमा भुमिका खेल्ने

देशान्तर

काठमाडौं । संघीय समाजवादी फोरम संसदमा प्रतिपक्षमा बस्ने जनाएको छ । पार्टीको बुधबार बसेको कार्य समितिको बैठकले संघीय समाजवादी फोरमले संसदमा प्रतिपक्षीमा बसेर रचनात्मक र सिर्जनात्मक रुपले सकरात्मक भूमिका खेल्ने निर्णय गरेको बताएको छ ।

दुई बुदें सहमतिका आधारमा संघीय समाजवादी पार्टी सरकारमा सामेल भएको थियो । पुस ७ गतेको मन्त्रिपरिषद्को बैठकमा पार्टीका अध्यक्ष तथा उपप्रधान र कानुन मन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्को बैठकमा संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको हुनाले संघीय समाजवादी पार्टी सरकारबाट अलग हुने निर्णय गरेको बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।