देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रामकृष्ण र निलमको सम्बन्धविच्छेद, छोरी आमासँगै बस्ने

देशान्तर

 

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए।

उनका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो।

सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्।

उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।

तर, छोरीको लालन(पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो।