देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरम नपुगेर अर्थ समितिको बैठक स्थगित

देशान्तर

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि संघीय संसद सचिवालय सिंहदरबारमा बोलाइएको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

बैठकमा राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचकहरु र तिनको प्रवृत्ति लगायतका विषयमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो ।