देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थगीत हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक आज

देशान्तर

काठमाण्डौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसमा आन्तरीक विवादका कारण पटक पटक बैठक स्थगीत हुँदै आएको छ । प्रवक्ता शर्माले पाटीभित्रको आन्तरिक विवाद मिलाउन नेताहरुबीच छलफल भइरहेकाले आज बैठक बस्नुअघिसम्म सहमति हुने बताए ।

उनले सहमतिमै केन्द्रीय समिति बैठक बसेर निर्णय लिने जानकारि दिए । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिने देखिएको छ ।

पार्टीभित्रको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउने संस्थापन पक्षको प्रयासले सार्थकता नपाउँदा आन्तरिक विवादले तत्काल निकास पाउने सम्भावना कम देखिएको हो ।